
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यायपालिकाको पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन्।
- थापाले न्यायपालिकालाई सफा बनाउन राष्ट्रिय बहस आवश्यक रहेको बताए।
३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले न्यायलयको पुनर्संरचनाको आवश्यकता रहेको बताएका छन् ।
नेपाली कांग्रेसको पेशागत तथा बुद्धिजीवी विभागले सोमबार काठमाडौंमा राखेको कार्यक्रममा महामन्त्री थापाले न्यायपालिकालाई सफा बनाउन राष्ट्रिय बहस आवश्यक रहेको बताए ।
न्यायपालिकाप्रति धेरै प्रश्नहरू उठेको र नागरिकहरूको विश्वास र भरोसाका निम्ति नयाँ ढंगले सोच्नुपर्ने बेला आएको बताए । पुनर्संरचना गर्नका निम्ति आवश्यकता पर्दै गर्दा न्यायाधीशको पुनर्नियुक्ति गर्ने गरी जानुपर्ने उनले बताए ।
‘संविधान संशोधनको विषय चलिरहेको बेलामा एउटा महत्त्वपूर्ण विषयमा प्रवेश गर्नैपर्छ । त्यो भनेको न्यायपालिकाको पुनर्संरचनाको विषय हो,’ थापाले भने, ‘गोपालकृष्ण घिमिरे बारको अध्यक्ष हुँदै गर्दाखेरि एउटा अध्ययन र त्यसभित्र विवेचना गरेर राष्ट्रिय स्तरमा एउटा पोजिसन बनेको छ । बारको यो पोजिसनलाई नेपाली कांग्रेसले अन गर्नुपर्छ र न्यायालयको पूरा पुनर्संरचनाको बाटो जानुपर्छ,’ थापाले भने ।
प्रतिक्रिया 4