+
+
Shares

प्रधानमन्त्रीलाई गगनको आग्रह : घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई तत्काल बर्खास्त गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १९:४०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन्।
  • मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएपछि थापाले प्रधानमन्त्रीलाई मन्त्रीलाई तुरुन्त बर्खास्त गर्न अनुरोध गरेका हुन्।
  • थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने भन्दै छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने समेत बताए।

३० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई तत्काल बर्खास्त गर्न आग्रह गरेका छन् ।

मन्त्री गुप्ताको घुस काण्डको अडियो सार्वजनिक भएको छ । बहालवाला मन्त्रीले गल्ती नगरेको भए तुरुन्त राजीनामा दिएर ममाथि छानबिन होस् भन्नुपर्ने थापाले बताए ।

‘आफूले गल्ती गरेको होइन भन्ने आँट पनि छैन । प्रधानमन्त्रीले तुरुन्त मन्त्रीलाई बर्खास्त गरिहाल्नुहोला भन्ने मेरो अपेक्षा थियो । यसबारेमा टिप्पणी नै गर्नुपर्दैन होला भन्ने लागेको थियो,’ थापाले भने, ‘तर टिप्पणी गर्नुपर्ने अवस्था आयो । प्रधानमन्त्रीज्यूलाई अनुरोध गर्छु । तपाईंले तत्काल तपाईंको मन्त्रीलाई बर्खास्त गर्नुस् ।’

कांग्रेसको बुद्धिजीवी विभागले काठमाडौंमा गरेको कार्यक्रममा सोमबार बोल्दै महामन्त्री थापाले मन्त्रीलाई बर्खास्त गरेर मात्र नहुने बताए ।

‘यतिको कुरा आइसके पछाडि यसको दूधको दूध, पानीको पानी हुनुपर्छ । यसको छानबिन हुनुपर्छ’ थापाले भने, ‘संलग्न भएका अरू को–को छन् ? कोही छन् भने कसैको बारेमा अहिले टीकाटिप्पणी गर्ने कुरा हतारो हुन्छ । तर अनुसन्धान गर्दै गर्दा कहींकतै कोही दोषी देखिन्छन् भने उसलाई कारबाही हुनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?