+
+
Shares

प्रचण्डलाई मन्त्री अधिकारीको प्रश्न : मलाई प्रश्न गर्नु पहिला आफूलाई हेर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते १८:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।
  • मन्त्री अधिकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पहिले आफूलाई हेर्न र त्यसपछि अरूमाथि दोष लगाउन आग्रह गरे।

३० असार, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन् ।

सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि अब चित्रगुप्तलाई के जवाफ दिनुहुन्छ भन्ने प्रश्न गरेको बारे सोधेका थिए ।

जवाफमा मन्त्री अधिकारीले पहिला आफूलाई हेरेर अरूमाथि दोष लगाउन प्रचण्डलाई आग्रह गरे ।

उनले भने, ‘तपाईंले पहिला आफूलाई हेरौँ अनि बल्ल अरूलाई प्रश्न गरौँ ।’

उनले आफू जनताको काम गर्न गएकाले कुनै पनि गलत काम नगर्ने जिकिर गरे ।

‘मैले गल्ती गर्दिनँ, म जनताको काम गर्न गएको हो । जनताको काम गर्छु, तपाईंहरू ढुक्क हुनुस्,’ उनले भने ।

मन्त्री अधिकारीले गलत गर्नेलाई कारबाही हुनुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?