+
+
Shares

बैंकिङ कसुरमा फरार युवती पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३१ गते १८:४९

३१ असार, काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेकी एक महिलालाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा लिवाङ नगरपालिका–४ स्थायी घर भइ काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, भंगालमा बस्दै आएकी २६ वर्षीया आदिति सेन छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यका अनुसार, काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएपछि उनी फरार थिइन् ।

फरार रहेकी सेनलाई पक्राउ गर्न खटिएको टोलीले मंगलबार उनलाई भंगालबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आचार्यका अनुसार, यसबारे थप अनुसन्धान र कारबाहीका लागि उनलाई प्रहरी वृत्त गौशाला पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?