+

सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच थप २ सिजनका लागि साझेदारी

२०८२ असार  ३२ गते १८:१८ २०८२ असार ३२ गते १८:१८
सुदूरपश्चिम रोयल्स र एसपीए कलेजबीच थप २ सिजनका लागि साझेदारी

३२ असार, काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को थप २ सिजनका लागि धनगढीस्थित एसपीए कलेजसँगको साझेदारीलाई निरन्तरता दिएको छ। गत सिजनमा पनि एसपीए कलेज टिमको ‘एजुकेसन पार्टनर’को रूपमा रहेको थियो।

सुदूरपश्चिमाञ्चल एकेडेमी सञ्चालन गर्दै आएको एसपीए कलेज शिक्षा र खेलकुदलाई सँगसँगै अघि बढाउने उद्देश्यका लागि लामो समयदेखि सक्रिय छ।

हालै, एसपीए कलेजले एसीसी यु–१६ इस्ट जोन कप जित्न योगदान दिने सुदूरपश्चिमका दुई युवा खेलाडी सचिन भट्ट र सुशील रावललाई जनही रु २५,००० पुरस्कार दिएको थियो। सुशील रावल गत सिजनको ‘ट्यालेन्ट हन्ट’मार्फत सुदूरपश्चिम रोयल्स हिरोज टिममा छनोट भएका थिए।

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले सहकार्यका लागि शाहीप्रति आभार व्यक्त गरेका छन् ।

सुदूरपश्चिम रोयल्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय