
News Summary
Generated by OK AI. Editorially reviewed.- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले विदेशबाट मिनिरल वाटर मगाउने प्रवृत्ति उचित नरहेको बताएका छन्।
- साहले तराई मधेस र काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानीको समस्या रहेको र सरकारले समाधान गर्नुपर्ने बताए।
३२ असार, काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले विदेशबाट मिनिरल वाटर मगाउने प्रवृति उचित नरहेको बताएका छन् ।
बुधबार सिंहदरबार स्थित आजपाको संसदीय दलको कार्यालयमा सञ्चारकर्मीसंगको भेटमा उनले यस्तो बताएका हुन् । शासन सत्तामा रहनेले आफू विदेशबाट मिनिरल वाटर मगाएर पिउने जनतालाई खानेपानी समेत उपलब्ध गराउन नसक्ने अवस्था अन्त्य हुन आवश्यक रहेको बताए ।
‘प्रकृतिले हामी सबैलाई हावापानी बराबर दिएको छ । त्यसमा सबैको बराबर हक लाग्छ । तर आफै विदेशबाट मिनिर वाटर मगाएर पिउने प्रधानमन्त्रीजीले नेपाली जनतालाई खानेपानी रोकेर मानवता विरोधी आपराध गर्दैहुनुहुन्छ,’ साहले भने ।
शासन सत्तामा रहनेले आफु जनताले तिरेको करबाट बिदेशी पानी पिउने तर, तर सर्वसधारणलाई नर्मल पानी पनि नदिएर के गर्न खोजिएको हो भन्ने उनको प्रश्न छ ।
उनका अनुसार अहिले तराई मधेसमा पानीको हाहाकार छ । इनार सुकेको छ, चापाकलबाट पानी आउँन छोडेको छ । काठमाडौंको सुकुम्बासी बस्तीमा समेत सरकारले खानेपानी दिन नसक्दा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू आन्दोलित छन् ।
सुकुम्बासी संघले खानेपानीको माग गर्दै काठमाडौंको त्रिपुरेश्वर स्थित काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को कार्यालय अगाडी धर्ना दिदै आएका छन् । सुुकुम्बासी बस्तीमा खानेपानीको व्यवस्था गर्नुपर्ने उनीहरुको जायज माग समेत सम्बोधन गर्न साहको आग्रह छ ।
प्रतिक्रिया 4