+
+
Shares

साफ यू-२० महिला च्याम्पियनसिपका आगामी ४ खेल अर्को मैदानमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३२ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत आगामी चार खेलहरू बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन्।
  • खेल स्थल परिवर्तनको निर्णय साफले मैदान बिग्रिएको र खेलाडीहरूको सुरक्षा शीर्ष प्राथमिकतामा राखेर गरेको छ।
  • प्रतियोगितामा बंगलादेश शीर्षस्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ र शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ।

३२ असार, काठमाडौं । बंगालदेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपअन्तर्गत आगामी चार खेलहरूको मैदान परिवर्तन गरिएको छ ।

यसअघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएपनि अबका चार खेलहरू- सातौं, आठौं, नवौं र दशौं खेलहरू अब बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन्।

यसअघि मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो । त्यही कारण बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै सुरु हुन नसक्दा अर्को मैदानमा खेलाइएको थियो । नेपालकै खेल पनि ढिलागरी अर्को मैदानमा सुरु भएको थियो ।

लगातारको प्रतिकूल मौसमका कारण मैदानको अवस्था बिग्रिएकोले खेल स्थान परिवर्तन गर्ने निर्णय गरिएको साफले जनाएको छ ।

खेलाडीहरूको सुरक्षालाई शीर्ष प्राथमिकतामा राख्दै साफले यस्तो निर्णय गरेको जनाएको छ।

प्रतियोगितामा नेपालले बिहीबार श्रीलंकासँग दोस्रोपटक खेल्दै छ । पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको नेपाल दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित हुँदा तेस्रो खेलमा श्रीलंकालाई ७-० ले हराएको थियो ।

प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंक जोडेर शीर्षस्थानमा छ भने नेपाल ३ खेलमा ६ अंकसहित दोस्रोमा छ । ३ अंक भएको भुटान तेस्रो तथा अंकविहीन श्रीलंका चौथोमा छ ।

डबल राउन्ड रोबिन फर्म्याटमा खेलाइएको प्रतियोगिताको शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?