+

साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दै

२०८२ साउन  १ गते ६:२५ २०८२ साउन १ गते ६:२५
साफ यू-२० महिला च्याम्पियनसिप : नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्दै

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको डबल राउन्ड रोबिन लिगमा श्रीलंकासँग दोस्रोपटक खेल्दै छ।
  • नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो र दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो।
  • प्रतियोगितामा अपराजित बंगलादेश ९ अंकसहित शीर्षस्थानमा छ भने नेपाल ६ अंकसहित दोस्रोमा छ ।

१ साउन, काठमाडौं ।  बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो चौथो खेलमा नेपालले आज फेरि श्रीलंकासँग खेल्दै छ ।

डबल राउन्ड रोबिन लिगमा भइरहेको प्रतियोगितामा नेपालले श्रीलंकासँग दोस्रोपटक खेल्न लागेको हो । यो श्रीलंकासँग लगातार खेल पनि हुनेछ ।

मंगलबार भएको खेलमा नेपाल ७-० ले विजयी भएको थियो । आजको खेल बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ ।

यसअघि बसुन्धरा किङ्स एरेनामा हुँदै आएपनि अबका चार खेलहरू- सातौं, आठौं, नवौं र दशौं खेलहरू अब बसुन्धरा स्पोर्ट्स ग्राउन्डमा हुने भएका छन्।

मंगलबार भारी वर्षाका कारण किङ्स एरेनाको मैदान बिग्रिएको थियो । त्यही कारण बंगलादेश र भुटानबीचको खेलको दोस्रो हाफ नै सुरु हुन नसक्दा अर्को मैदानमा खेलाइएको थियो । नेपालकै खेल पनि ढिलागरी अर्को मैदानमा सुरु भएको थियो ।

नेपालले आफ्नो पहिलो खेलमा शुक्रबार भुटानलाई ६-१ गोलअन्तरले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ गोलअन्तरले पराजित भएको थियो ।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो । दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो ।

प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अंकसहित शीर्षस्थानमा छ भने ३ खेलमा ६ अंक भएको नेपाल दोस्रो र ३ अंक भएको भुटान तेस्रो स्थानमा छ ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ । अन्तिममा धेरै अंक जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

साफ यू-२० महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय