
News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचथरको फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने दुई जना बेहोस भएका छन्।
- मृत्यु हुनेमा ३८ वर्षीय रत्न चेम्जोङ रहेका छन् भने दुई जना मजदुर भिष्म चेम्जोङ र बिरु चेम्जोङको उपचार भइरहेको छ।
- घटनाबारे जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हेमन्त भण्डारीले जानकारी दिएका छन् र प्रहरी टोलीले घटनास्थलबाट मजदुरहरूलाई बाहिर निकालेर उपचारका लागि इलाम अस्पताल लगेको छ।
१ साउन, काठमाडौं । पाँचथरमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने २ जना बेहोस भएका छन् ।
बुधबार साँझ फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुर बेहोस भएका थिए । ती मध्ये एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकी बताए ।
उनका अनुसार मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–५ का ३८ वर्षीय रत्न चेम्जोङ छन् । बाँकी दुई जना सोही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अहिले पनि उपचार जारी छ ।
घुर्बिसे पञ्चमी सहकारी संस्थाले बनाउँदै गरेको सेफ्टिक ट्यांकीमा उनीहरू काम गरेका थिए । सेफ्टिक ट्यांकीभित्र सुरुमा एक जना मजदुर छिरको र उनी बेहासे भएपछि निकाल्न भन्दै अरू दुई जनाभित्र पसेको पाइएको डीएसपी बुढाथोकीले बताए । उनीहरू पनि बेहोस भएका थिए ।
यो जानकारी पाउनासाथ प्रहरी चैकी फाक्तेपबाट असई शेरबहादुर राईको कमान्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो । जेसीबीको सहयोगले उनीहरूले बाहिर निकालिएको थियो ।
त्यसपछि उपचारका लागि इलाम अस्पताल लगिएको रत्नको मृत्यु भएको बताइएको छ ।
प्रतिक्रिया 4