+
साफ यू-२० महिला च्याम्पियनसिप :

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई चार गोलको अग्रता

२०८२ साउन  १ गते १५:३७ २०८२ साउन १ गते १५:३७
श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई चार गोलको अग्रता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत नेपालले श्रीलंका विरुद्ध पहिलो हाफमा ४-० को अग्रता बनाएको छ।
  • नेपालका लागि पूर्णिमा राई, कुसुम खतिवडा र सरिता नाथले एक-एक गोल गरिन् र एक गोल आत्मघाती पनि प्राप्त भयो।
  • नेपालले बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा हाफ टाइमसम्म ४-० को अग्रता बनाएको हो।

१ साउन, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिप अन्तर्गत श्रीलंका विरुद्ध भइरहेको खेलमा नेपालले पहिलो हाफमा चार गोलको अग्रता बनाएको छ ।

बंगलादेशको ढाकास्थित बसुन्धरा स्पोर्ट्स ग्राउण्डमा भएको खेलमा नेपालले हाफ टाइमसम्म ४-० को अग्रता बनाएको हो ।

नेपालका लागि पूर्णिमा राई, कुसुम खतिवडा र सरिता नाथले एक-एक गोल गरिन् । यस्तै एक गोल आत्मघाती गोल उपहार पाएको थियो ।

१५औं मिनेटमा पूर्णिमाले ट्याप इन गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ३५औं मिनेटमा कुसुमले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

४३औं मिनेटमा सरिता नाथले फ्रिकिकमा गोल गर्दै ३-० को अग्रतामा पुर्‍याइन् । त्यस्तै ४५औं मिनेटमा कुसुमको प्रहार डिफेन्डरलाई लागेर डिफ्लेक्ट हुँदै गोल भएपछि नेपालले ४-० को अग्रता बनायो ।

यसअघि श्रीलंकासँगको पहिलो खेलमा नेपाल ७-० ले विजयी भएको थियो ।

साफ यू-२० महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय