+

नेपाल स्ट्रीट प्रिमियर लिगका लागि टिम दर्ता प्रक्रिया सुरु

२०८२ साउन  १ गते १५:५४ २०८२ साउन १ गते १५:५४
नेपाल स्ट्रीट प्रिमियर लिगका लागि टिम दर्ता प्रक्रिया सुरु

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया साउन १ देखि १५ सम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
  • डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले आयोजना गर्ने यो लिग नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट प्रतियोगिता हो।
  • टिम दर्ता शुल्क प्रति टिम रु. ५०,००० हुनेछ र दर्ताका लागि कम्पनी नेपालमा दर्ता भएको, कर तिरेको र सफा रेकर्ड भएको हुनुपर्नेछ।

१ साउन, काठमाडौं । नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट प्रतियोगिता हो।

लिगमा सहभागी हुन चाहने कम्पनीहरूले अनलाइन मार्फत वा इमेल contact@nspl-t10.com मार्फत मा इमेल गरेर फारम लिन सक्नेछन्। टिम छनोट ब्रिडिङ प्रणालीमार्फत हुने आयोजकले जनाएको छ।

दर्ता शुल्क प्रति टिम रु. ५०,००० हुनेछ भने यो फिर्ता नहुने जनाइएको छ। दर्ता मिति साउन १ देखि १५ (जुलाई १७–३१) सम्म रहनेछ।

दर्ताका लागि कम्पनी नेपालमा दर्ता भएको हुनुपर्ने, कर तिरेको प्रमाणपत्र हुनुपर्ने र सफा रेकर्ड भएको हुनुपर्ने उल्लेख गरिएको छ। अन्तर्राष्ट्रिय कम्पनीले फ्रेन्चाइज लिन चाहँदा स्थानीय कम्पनीसँग संयुक्त लगानी गर्नुपर्ने बताइएको छ।

नेपाल स्ट्रीट प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय