News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राष्ट्रिय टिमकी खेलाडी प्रगति नाथ पोखरा निन्जाजको मार्की प्लेयरमा अनुबन्ध भएकी छन्।
- पोखरा निन्जाजले दोस्रो संस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’का लागि प्रगति नाथलाई अनुबन्ध गरेको हो।
- पोखरा निन्जाजका निर्देशक विकास खेतानले प्रगतिको आगमनले टिमले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन्।
१ साउन, काठमाडौं । नेपाली राष्ट्रिय टिमकी खेलाडी प्रगति नाथ पोखरा निन्जाजको मार्की प्लेयरमा अनुबन्ध भएकी छन् । पोखरा निन्जाजले उनलाई दोस्रो संस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’का लागि अनुबन्ध गरेको हो ।
गत सिजनमा उनी गण्डकी थण्डर्सको टिमबाट एभरेष्ट महिला भलिबल लिगमा प्रतिष्पर्धा गरेकी थिइन् । प्रगतिले आफू पोखरा निन्जाजसँग जोडिन पाउँदा गौरव र उत्साहित भएको बताएकी छन् । उनले टिममा सहभागि हुन पाउँदा खुसी लागेको जनाउँदै भनिन्– ‘टोलीले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्नेमा म विश्वस्त छु ।’
प्रतियोगिताका लागि प्रगतीले आफू शारिरिक र मानसिक रुपमा समेत तयार रहेको उनले जनाएकी छन् । प्रगतीको आगमनले टिमले लिगमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास पोखरा निन्जाजका निर्देशक विकाश खेतानले जनाएका छन् ।
त्यस्तै पोखराले मुख्य प्रशिक्षकमा रुपेश विष्टलाई नियुक्त गरेको छ ।
इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको उक्त प्रतियोगिता दोस्रो सस्करणको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ आगामी भाद्र २० देखि २८ गते सम्म हुनेछ ।
प्रतिक्रिया 4