+

इडब्लुभीएल : यी हुन् ६ वटै टोलीका मार्की खेलाडी

२०८२ साउन  २ गते १६:४७ २०८२ साउन २ गते १६:४७
इडब्लुभीएल : यी हुन् ६ वटै टोलीका मार्की खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एभरेष्ट महिला भलिबल लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको टुंगो लागेको छ।
  • पोखरा निन्जाजको मार्की खेलाडी नयाँ छन् भने अन्य टोलीले पहिलेकै मार्कीलाई निरन्तरता दिएका छन्।
  • लिगमा २ जना सेटर, १ जना लिबेरो र १ जना मिडल ब्लकर रहेका छन्।

२ साउन, काठमाडौं । एभरेष्ट महिला भलिबल लिगमा सहभागी ६ वटै टोलीको मार्की खेलाडीको टुंगो लागेको छ । लिगमा नयाँ टोली पोखरा निन्जाजको मार्की मात्र नयाँ छन् भने अन्य टोलीले पहिलेकै मार्कीलाई निरन्तरता दिएका छन् ।

साविक विजेता कर्णाली यशविसको मार्की खेलाडीमा सुमित्रा रेग्मीलाई नै निरन्तरता दिइएको छ भने मधेश युनाइटेडको मार्की खेलाडीमा पनि पहिलो संस्करणकै मार्की निरुता ठगुन्ना छन् ।

काठमाडौं स्पाइकर्सको मार्की खेलाडीमा उषा भण्डारी छन् भने लुम्बिनी लाभाजको मार्कीमा राष्ट्रिय भलिबल टिमकी कप्तान अरुणा शाही छन् । उनीहरू पनि पहिलो संस्करणकै मार्की हुन् ।

यस्तै सलिना श्रेष्ठ ललितपुर क्विन्सको मार्कीमा फेरि दोहोरिएकी छन् । लिगमा नयाँ टोलीको रूपमा आएको पोखरा निन्जाजको मार्कीमा प्रगति नाथ छन् । उनी नयाँ मार्कीको रूपमा देखिएकी एकमात्र खेलाडी हुन् ।

मार्कीमध्ये अरुणा र प्रगति सेटर हुन् भने सलिना लिबेरो, सुमित्रा मिडल ब्लकर तथा निरुता र उषा आउटसाइड हिटर हुन् ।

इडब्लुभीएलको दोस्रो सिजनका लागि ऐतिहासिक अक्सन आज काठमाडौंमा भइरहेको छ ।

प्रतियोगिता आगामी भदौ २० देखि २८ गतेसम्म हुने तय छ ।

एभरेष्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय