News Summary
Generated by OK AI. Editorially reviewed.- दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगको ए क्याटेगोरीमा ६ खेलाडी अनुबन्ध भएका छन्।
- चार खेलाडी लक्की ड्रमार्फत अनुबन्ध भएका हुन् भने कविता भट्ट सिंगल बिडमै अनुबन्ध भएकी हुन्।
- अनसोल्ड खेलाडी आरती सुवेदीलाई मधेश युनाइटेडले अनुबन्ध गरेको छ ।
२ साउन, काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को अक्सन अन्तर्गत ए क्याटेगोरीको बोलकबोल सम्पन्न भएको छ।
ए क्याटेगोरीमा रहेका ७ खेलाडीबाट ६ खेलाडी अनुबन्ध भए। चार खेलाडी लक्की ड्रमार्फत चयन भए भने एक जना सिंगल बिडमै अनुबन्ध भइन्। बाँकी दुई अनसोल्ड खेलाडीमध्ये एकलाई अन्तिममा टोलीले सिधै रोज्यो।
कमला विष्टका लागि लुम्बिनी लाभाज, ललितपुर क्विन्स र कर्णाली यशविसबाट बोली लाग्दा लक्की ड्रमा लुम्बिनीले उनलाई अनुबन्ध गर्यो। उनी १ लाख ३२ हजार ५०० मा अनुबन्ध भइन्।
पुनम चन्दलाई पनि तीन टोलीले बोली लगाए। पोखरा निन्जाज, कर्णाली यशविस र ललितपुर क्विन्सबीच प्रतिस्पर्धा हुँदा लक्की ड्रमा पोखराले उनलाई १ लाख ३२ हजार ५०० मा अनुबन्ध गर्यो।
संगम महतोका लागि ललितपुर क्विन्स र मधेश युनाइटेडबीच प्रतिस्पर्धा भयो। अन्ततः लक्की ड्रमा ललितपुरले उनलाई १ लाख ३२ हजार ५०० मा अनुबन्ध गर्यो।
सफिया पुन पनि लक्की ड्रमै चयन भइन्। कर्णाली यशविस र मधेश युनाइटेडबीचको प्रतिस्पर्धामा लक्की ड्रपछि कर्णालीले उनलाई १ लाख ३२ हजार ५०० मा अनुबन्ध गर्यो।
कविता भट्ट सिंगल बिडमै अनुबन्ध भएकी खेलाडी हुन्। उनलाई काठमाडौं स्पाइकर्सले १ लाख ३० हजारमा अनुबन्ध गर्यो।
पहिलो राउन्डमा अनसोल्ड भएकी शान्तिकला तामाङ र आरती सुवेदीमध्ये आरतीलाई मधेश युनाइटेडले अन्तिममा रोज्यो। उनलाई बेस प्राइस १ लाख १५ हजारमै अनुबन्ध गरियो।
क्याटेगोरी ए को बेस प्राइस १ लाख १५ हजार निर्धारण गरिएको थियो भने उच्चतम मूल्य १ लाख ३२ हजार ५०० तोकिएको थियो ।
तस्वीरहरू : विकास श्रेष्ठ/अनलाइनखबर
प्रतिक्रिया 4