
६ असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्ने प्रस्ताव पार्टी बैठकमा गरेका छन् ।
हिजो र आज चलेको केन्द्रीय कमिटी बैठकको समापनमा बोल्ने क्रममा अध्यक्ष ओलीले यस्तो प्रस्ताव गरेका हुन् ।
बैठक स्रोतका अनुसार, ओलीले सम्बोधनको क्रममा भण्डारीलाई राजनीतिमा नफर्कन र सदस्यता नवीकरण नगर्न आग्रह गर्ने प्रस्ताव सारेका हुन् ।
ओलीको उक्त प्रस्तावलाई उपाध्यक्ष सुरेन्द्र पाण्डेले प्रतिवाद गरेका थिए ।
लगत्तै, अर्का उपाध्यक्ष युवराज ज्ञवाली बोलिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4