
७ साउन, काठमाडौं । प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक फेरि क्यालेन्डरबिनै चल्न थालेका छन् ।
प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकको सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ । तर, साउन महिनामा कुन दिन के हुने भन्ने कुनै जानकारी सार्वजनिक भएको छैन ।
प्रतिनिधि सभाले १५/१५ दिनको क्यालेन्डर बनाउने गरेको छ । यसअघि असार १६ गतेदेखि असार ३२ गतेसम्मको क्यालेन्डर बनेको थियो । साउन लागेपछि क्यालेन्डर नै बनेको छैन ।
आज साउन ७ गते बस्ने सभाको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । अब अर्को बैठक कहिले बस्छ कुनै जानकारी सार्वजनिक गरिएको छैन ।
पाक्षिक क्यालेन्डर बनाउँदा अब ८ दिन मात्रै बाँकी छ । अर्थात, साउन महिनाको सुरुको १५ दिनको आधा समय ब्यतित भइसक्यो, तर संसद् सचिवालयले संसद् बैठकको क्यालेन्डर बनाउन सकेको छैन ।
राष्ट्रिय सभाले पनि साउन महिनाको क्यालेन्डर बनाएको छैन । क्यालेन्डरविनै राष्ट्रिय सभाको बैठक मंगलबार बस्यो । राष्ट्रिय सभाको अर्को बैठक यही साउन ११ गतेका लागि राखिएको छ । त्यस दिन के कसो विषयमा सभामा छलफल हुन्छ कुनै जानकारी सार्वजनिक भएको छैन ।
प्रतिक्रिया 4