
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'सैयारा'ले भारतमा पाँच दिनमा १३३.७५ करोड नेट भारु कमाएको छ।
- फिल्मले ४८ करोड भारुको बजेटमा निर्माण भएर चौंथो दिनमै लगानी उठाएको थियो।
- बलिउड विश्लेषक तरण आदर्शले फिल्मको कमाइमा लगातार वृद्धि र आगामी दिनमा पनि बलियो पकड रहने बताएका छन्।
काठमाडौं । बक्सअफिस र फिल्म बजारका धेरै नियमलाई भत्काउँदै ‘सैयारा’ले भारतमा कीर्तिमान कमाइ गरेको छ । फिल्मले पाँच दिनमा भारतभर १३३.७५ करोड नेट भारु कमाएको छ ।
रोचक के छ भने, लगातार ५ दिनसम्म फिल्मले २० करोड भारुभन्दा माथिको संख्यामा कमाइ गरेको छ । २२ करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार सर्वाधिक ३६.२५ करोड भारु कमायो ।
मंगलबारको कमाइ २५ करोड भारु कमाइ गरेको छ । फिल्मको कमाइबारे बलिउड ब्यापार विश्लेषक तरण आदर्श भन्छन्, ‘मंगलबारको संख्या सोमबारको भन्दा बढी छ र सोमबार पहिले नै शुक्रबार भन्दा बढी थियो ।’
‘यो उपलब्धिलाई अझ प्रशंसनीय बनाउने कुरा के हो भने यी संख्या नियमित सप्ताहन्त र काम गर्ने दिनहरूमा आएका हुन्’ आदर्श लेख्छन्, ‘ मंगलबारको टिकटमा दिइएको छूटले पक्कै पनि मद्दत गर्यो तर, फिल्मको गति तत्काल रोकिने देखिँदैन ।’
४८ करोड भारु बजेटमा निर्माण भएको फिल्मले चौंथो दिनमै लगानी उठाएको थियो ।
‘ बुधबार र बिहीबार बलियो पकडको अपेक्षा गरिएको छ र यो शुक्रबार कुनै ठूलो फिल्म रिलिज नहुने भएकाले फिल्मले यो सप्ताहन्तमा पुनः एकपटक उछाल कमाइ गर्ने देखिन्छ’ तरण आदर्शले उल्लेख गरेका छन् ।
यो फिल्म सुपरहिट हुनुमा भारतीय मिडियाले केही तत्व देखेका छन् । नयाँ कलाकार अहान पाण्डे र अनित पड्डाको फ्रेस जोडी, मोहित सुरीको निर्देशन, शक्तिशाली संगीत, हृदयस्पर्शी कथावाचन शैली, राम्रो बजारीकरण र सोसल मिडिया प्रवर्धन, बलियो ‘वर्ड अफ माउथ’ र समीक्षकको प्रतिक्रिया, कम बजेट र उच्च प्रतिफललाई फिल्म सफल हुनु पछाडिको कारण मानिएको छ ।
यो फिल्मले नेपाली बक्सअफिसमा समेत राम्रो कमाइ गरिरहेको देखिएको छ ।
प्रतिक्रिया 4