News Summary
Generated by OK AI. Editorially reviewed.- किंग्स क्रिकेट क्लबले साउन ९ देखि १७ गतेसम्म बुढानिलकण्ठमा किंग्स टी-टेन इन्डोर क्रिकेट प्रतियोगिता आयोजना गर्ने जनाएको छ।
- प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक ३२ टिम सहभागी हुनेछन् र आठ समुहमा विभाजन गरी लिग तथा नकआउट चरणमा खेल सञ्चालन गरिनेछ।
- आयोजनाको उद्देश्य युथ क्रिकेट विकास र ग्रासरूट क्रिकेट प्रोत्साहन गर्नु रहेको किंग्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले बताए।
६ साउन, काठमाडौं । किंग्स क्रिकेट क्लबको आयोजनामा यही साउन ९ देखि १७ गते सम्म काठमाडौंको बुढानिलकण्ठमा किंग्स टी-टेन इन्डोर प्रतियोगिता आयोजना हुने भएको छ ।
बुधबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको दोश्रो संस्करणको घोषणा गरिएको हो ।
रोयल स्पोर्ट्स पार्कमा खेलिने खुला प्रतियोगितामा इन्डोर क्रिकेटकै सर्वाधिक ३२ टिमको सहभागिता रहनेछ । हालसम्म आयोजित इन्डोर प्रतियोगितामा यो सर्वाधिक सहभागिता हो ।
आयोजक किंग्स क्रिकेट क्लबका अध्यक्ष मिलन थापाले प्रतियोगिताको उद्देश्य युथ क्रिकेट विकास गर्दै ग्रासरूट क्रिकेटलाई प्रोत्साहन गर्नु रहेको पत्रकार सम्मेलनमा बताए ।
यस्तै प्रतियोगिताका टेक्निकल डिरेक्टर रवीन्द्र गुप्ताले लिग र नकआउट चरणमा प्रतियोगिता सञ्चालन हुने बताए ।
सहभागी ३२ टिमलाई आठ समुहमा विभाजन गरिएको छ र हरेक समुहमा रहेका टिमहरुले एक अर्कासँग १/१ खेल खेल्ने छन् । त्यसपछि प्रत्येक समुहबाट शीर्ष टिम क्वार्टर फाइनल पुग्नेछन् ।
प्रतियोगिता आयोजनाको कुल बजेट करिब १० लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया 4