+

चितवन राइनोजको नयाँ लोगो सार्वजनिक

२०८२ साउन  ७ गते १७:४२ २०८२ साउन ७ गते १७:४२
चितवन राइनोजको नयाँ लोगो सार्वजनिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल प्रिमियर लिग टिम चितवन राइनोजले दोस्रो सिजनका लागि नयाँ लोगो सार्वजनिक गरेको छ।
  • नयाँ लोगोमा 'राइनोज' अर्थात् गैंडालाई मुख्य रूपमा राखिएको छ र ब्याटको चिह्‍न हटाइएको छ।
  • अध्यक्ष आयुष न्यौपानेले नयाँ लोगोले फ्यानको भावना र टिमको पहिचान प्रष्ट पार्ने बताए।

७ साउन, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टिम चितवन राइनोजले एनपीएलको दोस्रो सिजनका लागि आफ्नो नयाँ लोगो सार्वजनिक गरेको छ ।

गत सिजनको लोगोमा ‘चितवन’ शब्दलाई मुख्य रूपमा प्रस्तुत गरिएको थियो भने, यसपटक ‘राइनोज’ अर्थात् गैंडालाई अगाडि राखिएको छ। त्यस्तै लोगोमा देखाइएको ब्याटको चिह्‍न यसपटक भने देखिएको छैन ।

टिमले यसलाई आफ्नो मर्म र फ्यानको भावना झल्काउने प्रतीकका रूपमा व्याख्या गरेको छ। अध्यक्ष आयुष न्यौपानेका अनुसार नयाँ लोगो फ्यानहरूको चाहना र टिमको पहिचानलाई अझ प्रष्ट पार्ने प्रयास हो।

गत सिजन लोकप्रिय भएको मस्कट ‘मिस्टर गैंडा’ ले पनि यो परिवर्तनमा प्रेरणा दिएको उनले बताए। ‘भावना उही हो, तर यसको प्रस्तुति अझ स्पष्ट भएको छ’ न्यौपानेले भने।

चितवनले दोस्रो सिजनका लागि अघिल्लो सिजनका मार्की तथा कप्तान कुशल मल्लसहित ६ खेलाडी रिटेन गरिसकेको छ ।

एनपीएलको मिनी अक्सन पनि अगस्टमा हुने तय छ ।

चितवन राइनोज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय