+

एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

२०८२ साउन  ८ गते १७:१७ २०८२ साउन ८ गते १७:१७
एनएसपीएलका लागि खेलाडी दर्ता प्रक्रिया खुला

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल स्ट्रीट प्रिमियर लिगमा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ।
  • दर्ता शुल्क ब्याटर र बलरका लागि रु. १ हजार र अलराउन्डरका लागि रु. १ हजार २०० तोकिएको छ।
  • खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म रहेको छ।

८ साउन, काठमाडौं । नेपालको सबैभन्दा ठूलो टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)मा सहभागी हुन इच्छुक खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरिएको छ ।

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लिको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरूले आफ्नो नाम एनएसपीएलको आधिकारिक वेबसाइट वा खल्ती एपमार्फत दर्ता गराउन सक्नेछन्।

दर्ता शुल्क ब्याटर र बलरका लागि रु. १ हजार तोकिएको छ भने अलराउन्डरका लागि रु. १ हजार २०० निर्धारण गरिएको छ।

खेलाडी दर्ता गर्ने अन्तिम मिति आगामी भदौ ८ गतेसम्म रहेको छ।

एनएसपीएलका लागि टिम दर्ता प्रक्रिया पनि सुरु गरिसकिएको छ।

नेपाल स्ट्रीट प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय