+
+
Shares

भक्तपुरमा मृत भेटिएका दिदीबहिनीको शव पोस्टमाटर्मका लागि पठाइयो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १२:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडे सिन्टीटारमा झुन्डिएको अवस्थामा भेटिएका किशोरी दिदीबहिनी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३)को शव पोस्टमार्टमका लागि पठाइएको छ।
  • मृतक दिदीबहिनी भारतको मुम्बईबाट करिब तीन साताअघि हराएको पाइएको छ र उनीहरूको शव पोस्टमार्टमपछि मात्रै मृत्युको कारण खुल्ने बताइएको छ।

९ साउन, काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका-८ बोडे सिन्टीटारमा मृत फेला परेका किशोरी दिदीबहिनीको शव पोस्टमार्टमका लागि पठाइएको छ ।

बिहीबार बिहान सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा झुन्डिएको अवस्थामा मृत भेटिएका दिदीबहिनी मेनुका कँडेल (१५) र सिर्जना कँडेल (१३)को शव पोस्टमार्टमका लागि बिहीबार राति अस्पताल पठाइएको हो ।

राति ११ बजेति मृतकका आफन्त आएपछि घटनास्थल मुचुल्का गरेर शव पोस्टमाटर्ममका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट, भक्तपुर पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी तथा प्रवक्ता ढुण्डीराज नेउपानेले बताए ।

पोस्टमाटर्मपछि मात्रै मृत्युको यकिन कारण खुल्ने बताइएको छ । मृत भेटिएका दिदीबहिनी भारतको मुम्बईबाट हराएको पाइएको छ ।

करिब तीन साताअघि भारतको मुम्बईस्थित मीरा भाइन्दरबाट हराएको उनका बाबुआमाले बताएका छन् ।

बिहीबार बिहान ६:४५ बजेतिर प्रजापतिको इँटा र फलामले बनेको दुईतले घरको भुइँतलामा दिदीबहिनी मृत अवस्थामा भेटिएका थिए । उनीहरूको घर सुर्खेत पञ्चपुरी नगरपालिका-८ रहेको प्रहरीले बताएको छ ।

आफू बस्ने डेरा कोठाको प्यासेजमा नाइनलको डोरीले बाँधेर झुन्डिएको अवस्थामा उनीहरूको शव फेला परेको थियो ।

फलामको डन्डीमा नाइनलको डोरी घुसाएर दुईतर्फको टुप्पाले घाँटीमा पासो लागेको अवस्थामा उनीहरू मृत भेटिएका हुन् ।

मृतक किशोरीका बाबुआमाले भने आफ्ना छोरीहरूलाई कसैले होटलमा काम लगाएको आरोप लगाएका छन् ।

मृत्युको खबर पाउनुपूर्व उनीहरू छोरीहरूको खोजी गर्दै भारतको एक अनलाइन टेलिभिजनमा पुगेका थिए ।

सिगास अनलाइन टेलिभिजनमा कुराकानी गर्दै किशोरीका बाबुआमा (वासुदेव, उमा)ले सीसी क्योमरा नभएको ठाउँमा होटल साहुजीले काम लगाउने गरेको बताएका थिए ।

उनीहरूले यो कुरा तीन दिन पहिला ५ साउनमा बताएको प्रकाशित अन्तर्वार्ताको मितिबाट खुल्छ । त्यसको तीन दिनपछि दुवैजना झुन्डिएको अवस्थामा मृत भेटिएको खबर सार्वजनिक भएको छ ।

यता, यस विषयमा केही जानकारी नभएको प्रहरीले बताएको छ ।

प्रहरी स्रोतका अनुसार मृत भेटिएका किशोरी करिब १५ दिनअघिबाट उक्त घरमा बसेको पाइएको छ । उनीहरूले घरबेटीलाई भने आफूहरू कलेज पढ्ने भनेर कोठा लिएको बताएको प्रहरीले अनलाइनखबरलाई जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?