
९ साउन, काठमाडौं । इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फर्केका छन् । अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात तेहरानस्थित नेपाली अवैतनिक बाणिज्यदूत र अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा ८ साउनमा (हिजो ) उनीहरु काठमाडौं आएका हुन् ।
परराष्ट मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरेर उनीहरु फर्केको जानकारी गराएको हो । इजरायल र इरानबीच भएको युद्धविराम पश्चात स्थिति क्रमश: सहज हुँदै गएको छ । ती दुई देशमा द्वन्द्वको अवधिमा सरकारले भारत सरकारलाई अनुरोध गरेर ९ नेपाली स्वदेश फर्केका थिए । भारतीय विमानले तीन लटमा गरी ९ जना नेपाली नागरिकलाई फिर्ता गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4