
९ असार, काठमाडौं । गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज (शुक्रबार) पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।
उक्त बैठकले भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको थियो ।
यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुन: राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन् ।
‘कुनै पदप्रति लालसा, महत्त्वाकांक्षा र आशक्ति ममा छैन । किनकि, मैले राष्ट्रकै सर्वोच्च पदमा पुगेर इतिहासमा आफ्नो नाम दर्ज गरिसकेकै छु,’ उनले भनेकी छिन्, ‘मेरो उद्देश्य भनेको पार्टीको सदस्य बन्ने, पार्टीलाई सबल, सुदृढ र एकताबद्ध बनाउने र राजनीतिमार्फत देश र जनताको सेवा गर्ने नै हो। अनि मुलुक र जनतालाई समृद्ध र सुखी बनाउने अभियानलाई अगाडि बढाउने नै हो ।’
साथै, उनले सदस्यता नवीकरणमा रोक लगाउनुको कुनै कारण नभएको पनि बताएकी छिन् ।
यस्तो छ भण्डारीको वक्तव्य :
प्रतिक्रिया 4