
News Summary
Generated by OK AI. Editorially reviewed.- सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ का ४६ वर्षीय रत्नबहादुर श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागार्जुनको रानिवनबाट पक्राउ गरेको छ।
- उनमाथि ७ साउन २०८१ मा चितवन अदालतले बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो र उनलाई चितवन पठाइएको छ।
- उनले बैंकिङ कसुरका तीन वटा मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौं, एक वटा प्रहरी वृत्त महाराजगञ्ज र एक वटा ललितपुरमा फरार रहेका छन्।
९ साउन, काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको थाङपाल गाउँपालिका–२ का ४६ वर्षीय रत्नबहादुर श्रेष्ठ छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नागार्जुनको रानिवनबाट बिहीबार पक्राउ गरेको हो ।
उनीविरुद्ध ७ साउन २०८१ मा चितवन अदालतले बैंकिङ कसुर पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ परेका उनलाई चितवन पठाइएको प्रहरीले बताएको छ ।
उनी बैंकिङ कसुरका अरु पाँच वटा मुद्दामा फरार रहेको पाइएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंमा तीन् वटा, प्रहरी वृत्त महाराजगञ्जमा एक वटा र ललितपुरमा एक वटा बैंकिङ कसुर मुद्दामा उनी फरार रहेको पाइएको हो ।
प्रतिक्रिया 4