+
+
Shares

घाँस काट्ने मेसिन चलाउँदा करेन्ट लागेर दम्पतीको मृत्यु

मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । ‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । ‎

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुर्खेतमा करेन्ट लागेर ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको छ।
  • शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काट्दा मेसिनको तार सर्ट भएर दम्पतीलाई करेन्ट लागेको थियो।
  • घाइते दम्पतीलाई उपचारका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको थियो जहाँ उपचारकै क्रममा दुवै जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।

९ साउन, सुर्खेत । सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ ।

वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो ।

शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको थियो ।

मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । ‎घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो । ‎

उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको लागेर मृत्यु भएको ‎‎जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?