+
+
Shares

यी हुन् धेरै बिजनेस गरेका टप १० ब्रोकर कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ९ गते १७:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हाल नेपालमा ९२ वटा ब्रोकर कम्पनी छन् जसले दैनिक २० अर्ब रुपैयाँ हाराहारीमा सेयर कारोबार गर्छन्।
  • ब्रोकर कम्पनीले कारोबार रकमको आधारमा ०.२४ देखि ०.३६ प्रतिशत कमिसन लिन्छन् र २० प्रतिशत नेप्सेलाई बुझाउनुपर्छ।
  • नेपाल धितोपत्र बोर्डले चुक्ता पूँजी २० करोड पुर्‍याएका ब्रोकरलाई मार्जिन कारोबार र ६० करोड पुर्‍याएका ब्रोकरलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिन अनुमति दिएको छ।

९ साउन, काठमाडौं । हाल ब्रोकर कम्पनीको मुख्य बिजनेस भनेकै सेयर कारोबार हो । सेयर कारोबारबाट प्राप्त कमिसन नै उनीहरुको मुख्य आम्दानी स्रोत हो ।

ब्रोकर कम्पनीले सेयर तथा धितोपत्र किनबेच गरेको रकममा लिँदै आएको ०.२४ देखि ०.३६ प्रतिशत कमिसन नै मुख्य आम्दानी हो ।

५० हजार रुपैयाँसम्मको कारोबारमा ०.३६ प्रतिशत, ५० हजारदेखि ५ लाखसम्म ०.३३, ५ लाखदेखि २० लाखसम्म ०.३१, २० लाखदेखि १ करोडसम्म ०.२७ प्रतिशत र १ करोडभन्दा माथिको कारोबारमा ०.२४ प्रतिशतसम्म ब्रोकरले कमिसन शुल्क लिन्छन् । उक्त कमिसनबाट पनि २० प्रतिशत नेप्सेलाई बुझाउनुपर्छ ।

बजारमा जति धेरै रकमको कारोबार, त्यति नै बढी ब्रोकरको आम्दानी हुने गरेको छ । ९२ वटा ब्रोकर कम्पनी सञ्चालनमा छन् । बजारमा पछिल्लो समय दैनिक २० अर्ब हाराहारीमा कारोबार हुने गरेको छ । कारोबार रकम बढ्दै जाँदा ब्रोकर कम्पनीको आम्दानी पनि बढी हुने गर्छ ।

गत आर्थिक वर्ष २०८१/८२ मा ब्रोकर कम्पनीमार्फत कुल २१ खर्ब रुपैयाँ बराबरको सेयर खरिद र बिक्री भएको छ । सो आर्थिक वर्ष सबैभन्दा धेरै रकमको कारोबार गर्नेमा नासा सेक्युरिटिज छ ।

सो कम्पनीमार्फत १ खर्ब २९ अर्ब १ करोड रुपैयाँको खरिद हुँदा १ खर्ब २९ अर्ब ४० करोडको धितोपत्र बिक्री भएको छ । नासापछि धेरै कारोबार गरेका कम्पनीमा इम्पेरियल, भिजन, सनी, अनलाइन, आर्यतारा, डायनामिक, दिपशिखा, एबीसी, श्रीहरि टप १० भित्र रहेका छन् ।

कारोबारको कमिसनबाहेक मार्जिन कारोबार गरेको खण्डमा त्यसको आम्दानी तथा शुल्क पनि ब्रोकर कम्पनीको आम्दानी हो, तर यहाँ कसैले पनि मार्जिन कारोबार गरेका छैनन् । त्यस्तै निक्षेप सदस्य (डीपी)को रुपमा काम गरेका ब्रोकर कम्पनीको हकमा सोको सेवा शुल्क पनि आम्दानी स्रोत हो ।

ब्रोकर कम्पनीहरूले बिजनेस दायरा बढाउनुपर्ने माग गर्दै आएकोमा पछिल्लो पटक नेपाल धितोपत्र बोर्डले त्यसलाई सम्बोधन गरेको छ । कारोबारमा कमिसन दर घट्दै गएको तर बिजनेस दायरा नबढेको गुनासो ब्रोकर कम्पनीले गर्दै आएका थिए ।

बोर्डले धितोपत्र व्यवसायी नियमावली संशोधन गर्दै ब्रोकरको कार्यक्षेत्र विस्तार गरिदिएको हो । अब चुक्ता पूँजी २० करोड पुर्‍याएका सबै ब्रोकर कम्पनीले मार्जिन कारोबार गर्न पाउने छन् ।

त्यस्तै ब्रोकर कम्पनीले अब लगानीकर्तालाई पोर्टफोलियो म्यानेजमेन्ट सेवा (पीएमएस) दिन पाउने भएका छन् । पूर्ण कारोबार गर्न पाउने अर्थात् ६० करोड रुपैयाँ चुक्ता पूँजी पुर्‍याएका ब्रोकर कम्पनीले मात्रै यो सेवा दिन पाउने छन् ।

यसअघि मर्चेन्ट बैंकले मात्रै पोर्टफोलियो म्यानेजमेन्ट सेवा दिँदै आएका थिए, ब्रोकरहरुले पाएका थिएनन् । ‘लामो समयपछि बोर्डले कार्यक्षेत्र विस्तार गरिदिएको छ, यसले कार्यक्षेत्र केही बढाएको छ,’ स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले भने ‘दायरा बढाउका लागि बोर्डले गर्नुपर्ने अझै केही काम बाँकी छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?