+

एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

२०८२ साउन  १० गते २०:०७ २०८२ साउन १० गते २०:०७
एसिया कपको तालिका सार्वजनिक, भारत र पाकिस्तान १४ सेप्टेम्बरमा खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसियाली क्रिकेट परिषदले १७औं पुरुष एसिया कपको तालिका सार्वजनिक गरेको छ।
  • प्रतियोगिता सेप्टेम्बर ९ देखि २८ सम्म यूएईमा हुनेछ।
  • भारत र पाकिस्तानबीचको प्रतिक्षित भिडन्त सेप्टेम्बर १४ मा हुनेछ।

१० साउन, काठमाडौं । एसियाली क्रिकेट परिषद (एसीसी)ले १७औं संस्करणको पुरुष एसिया कपको तालिका सार्वजनिक गरेको छ। प्रतियोगिता आगामी सेप्टेम्बर ९ देखि २८ सम्म संयुक्त अरब इमिरेट्स (यूएई)मा टी-२० फर्म्याटमा हुनेछ।

भारत र पाकिस्तानलाई समूह ए मा राखिएको छ जहाँ ओमान र आयोजक यूएई पनि छन्। भारत र पाकिस्तानबीचको प्रतिक्षित भिडन्त सेप्टेम्बर १४ मा हुनेछ। यदि दुवै टोली फाइनलसम्म पुगेको अवस्थामा थप दुई खेलमा आमनेसामने हुने सम्भावना रहन्छ।

समूह बी मा बंगलादेश, अफगानिस्तान, श्रीलंका र हङकङ छन्। बंगलादेश र हङकङबीच उद्घाटन खेल सेप्टेम्बर ९ मा हुनेछ। समूह चरणपछि हरेक समूहका शीर्ष दुई टोली सुपर फोर चरणमा पुग्नेछन्, जहाँबाट शीर्ष दुई टोली सेप्टेम्बर २८ मा हुने फाइनलमा भिड्नेछन्।

भारत यस संस्करणको आधिकारिक आयोजक भए पनि भारत र पाकिस्तानबीचको सहमतिअनुसार तटस्थ स्थानमा हुन लागेको हो । यसअघि पनि च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानविरुद्ध दुबईमा खेलेको थियो।

भारत एसिया कपको डिफेन्डिङ च्याम्पियन हो, जसले २०२३ को संस्करणमा श्रीलंकालाई फाइनलमा पराजित गरेको थियो। यसअघि २०२२ को टी-२० संस्करणमा श्रीलंकाले पाकिस्तानलाई हराएर उपाधि जितेको थियो।

सन् २०२३ को एसिया कप नेपालले पनि खेलेको थियो । एसीसी प्रिमियर कपको उपाधि जितेर त्यसबेला एसिया कप खेलेको नेपाल यसपटक भने शीर्ष २ तथा तेस्रो पनि हुन नसक्दा एसिया कपबाट वञ्चित भएको थियो ।

एसिया कप २०२५ पूर्ण तालिका

समूह चरण
९ सेप्टेम्बर (मंगलबार): अफगानिस्तान भर्सेस् हङकङ
१० सेप्टेम्बर (बुधबार): भारत भर्सेस् यूएई
११ सेप्टेम्बर (बिहीबार): बंगलादेश भर्सेस् हङकङ
१२ सेप्टेम्बर (शुक्रबार): पाकिस्तान भर्सेस् ओमान
१३ सेप्टेम्बर (शनिबार): बंगलादेश भर्सेस् श्रीलङ्का
१४ सेप्टेम्बर (आइतबार): भारत भर्सेस् पाकिस्तान
१५ सेप्टेम्बर (सोमबार): श्रीलङ्का भर्सेस् हङकङ
१६ सेप्टेम्बर (मंगलबार): बंगलादेश भर्सेस् अफगानिस्तान
१७ सेप्टेम्बर (बुधबार): पाकिस्तान भर्सेस् यूएई
१८ सेप्टेम्बर (बिहीबार): श्रीलङ्का भर्सेस् अफगानिस्तान
१९ सेप्टेम्बर (शुक्रबार): भारत भर्सेस् ओमान

सुपर ४
२० सेप्टेम्बर (शनिबार): समूह बी क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर २
२१ सेप्टेम्बर (आइतबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह ए क्वालिफायर २
२२ सेप्टेम्बर (सोमबार): विश्राम दिन
२३ सेप्टेम्बर (मंगलबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर २
२४ सेप्टेम्बर (बुधबार): समूह बी क्वालिफायर १ भर्सेस् समूह ए क्वालिफायर २
२५ सेप्टेम्बर (बिहीबार): समूह ए क्वालिफायर २ भर्सेस् समूह बी क्वालिफायर २
२६ सेप्टेम्बर (शुक्रबार): समूह ए क्वालिफायर १ भर्सेस् समूह बी क्वालिफायर १
२७ सेप्टेम्बर (शनिबार): विश्राम दिन

फाइनल
२८ सेप्टेम्बर (आइतबार): फाइनल खेल

एसिया कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय