
नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झा
News Summary
Generated by OK AI. Editorially reviewed.- विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासँग टेरामक्स प्रकरणमा ३ लाख रुपैंया धरौटी माग गरेको छ।
- विशेष अदालतका सदस्य तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग धरौटी माग गरेको हो।
- झा र प्राधिकरणका सञ्चालक समितिका पदाधिकारीहरुले कानूनी प्रक्रिया बिना टेरामक्स खरिदको निर्णय गरेका थिए।
११ साउन, काठमाडौं । टेरामक्स प्रकरणमा आरोपित बनाइएका नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष दिगम्बर झासँग विशेष अदालतले ३ लाख रुपैंया धरौटी माग गरेको छ ।
विशेष अदालतका सदस्यहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले झासँग ३ लाख धरौटी माग गरेको हो ।
कानूनी प्रक्रियाविना नागरिकको गोप्य विवरणमा पहुँच राख्न रोक लगाएको अवस्थामा झा लगायत प्राधिकरणका सञ्चालक समितिका पदाधिकारीहरुले टेरामक्स खरिदको निर्णय गर्दै प्रक्रिया अघि बढाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4