+
+
Shares

प्रधानमन्त्रीलाई सुमनाले भनिन् : हेलिकप्टरबाट हेर्न जाँदैमा मधेशमा पानी आउँदैन

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १२ गते १२:१३

१२ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कि सांसद सुमना श्रेष्ठले हेलिकप्टरबाट हेर्न जाँदैमा मधेसमा पानी नआउने टिप्पणी गरेकी छन् ।

सोमबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकमाथि संशोधन राख्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति दिएकी हुन् । ‘खडेरी पर्‍यो भनेर हेलिकप्टरमा हेर्न जादैमा मधेशमा पानी आउँदैन । चुरेको कुरा जोडिन्छ’, उनले भनिन् ।

प्रधानमन्त्री ओली साउन ७ गते मधेश पुगेका थिए ।

उनले चुनावदेखि चुनावको मात्रै हेरेर समस्याको समाधान नहुने बताइन् । ‘मधेशमा भएको अभावलाई हेरौं । यसमा जोडिन्छ । निर्वाचनदेखि निर्वाचन सोचेर हुँदैन’, उनले भनिन् ।

उनले सार्वजनिक जग्गामा आँखा नलाउन सरकारलाई आग्रह पनि गरिन् । वन र राष्ट्रिय निकुञ्जसँग सम्बन्धित दफा खारेज गर्न उनले माग गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?