
News Summary
Generated by OK AI. Editorially reviewed.- प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले महाराजगञ्जस्थित भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा मानव तस्करी आरोपमा छापा मारेको छ।
- छानबिन समितिले केही कागजात र डिजिटल डिभाइस नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणसँग सम्बन्धित मानव तस्करी आरोप संसदमा पनि उठेको थियो।
१३ साउन, काठमाडौं । भिजिट भिसामा स्पेन पठाएर मानव तस्करी गरेको आरोपमा छानबिन गरिरहेको प्रहरीले एक ट्राभल्समा छापा मारेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले महाराजगञ्जमा रहेको भिजिट अबरोड टुर्स एन्ड ट्राभल्समा छापा मारेको हो ।
सीआईबीका एसएसपी होविन्द्र बोगटी नेतृत्वको छानबिन समितिले उक्त ट्राभल्समा छापा मारेर केही कागजातहरू लिएको छ ।
सीआईबी स्रोतका अनुसार केही कागजात र डिजिटल डिभाइसहरू नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई लक्षित गरेर यूएनको कार्यक्रममा भन्दै ट्राभल्स र एनजीओहरूले स्पेनमा मान्छे पठाएर मानव तस्करी भएको आरोप छ ।
संसद्मा समेत यो विषयले प्रवेश पाएपछि एसएसपी बोगटीको नेतृत्वमा छानबिन समिति बनेको थियो । उक्त समितिले अहिले काम गरिरहेको छ ।
प्रतिक्रिया 4