
News Summary
Generated by OK AI. Editorially reviewed.- भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’का चर्चित अनिकेत लामाले नेपाली फिल्म ‘सुम्निमा’मा डेब्यु गर्ने पक्का भएको छ।
- निर्देशक मिलन चाम्सले अनिकेतलाई फिल्मको शीर्षमध्येको भूमिकामा अनुबन्धित गरिएको जानकारी दिनुभयो।
- फिल्मको छायांकन अगस्ट तेस्रो साता लण्डनबाट सुरु हुने र अनिकेत केही दिनमा वर्कसपका लागि काठमाडौं आउने तयारीमा छन्।
काठमाडौं । एमटीभीमा प्रसारण हुने भारतीय रियालिटी शो ‘स्प्लिट्सभिल्ला’को पाँचौ सिजनबाट चर्चित अनिकेत लामाले नेपाली फिल्ममा डेब्यु गर्ने पक्का भएको छ ।
निर्देशक मिलन चाम्सले आगामी फिल्म ‘सुम्निमा’को शीर्षमध्येको भूमिकामा भारतको सिलिगुढी निवासी नेपालीभाषी लामालाई अनुबन्धित गरिएको जानकारी दिए ।
उक्त रियालिटी शोमा अनिकेत र दिकिलाले प्रतिस्पर्धा गरेका थिए । दिकिलासँगको प्रेमसम्बन्धको कारणले पनि अनिकेत चर्चामा छन् । सन् २०२३ मा यी दुईबीच ब्रेकअप भैसकेको छ ।
दिकिलाले पनि नेपाली फिल्म ‘कुस्ती’मा अभिनय गरिसकेकी छन् । गतवर्ष नै अनिकेतलाई अडिसनमार्फत आफूले फिल्ममा लिइसकेको निर्देशक चाम्सले जानकारी दिए ।
फिल्ममा उनी हिरोको रुपमा देखिने मिलनले बताए । छायांकन अगस्ट तेस्रो साता लण्डनबाट सुरु हुने उनले जनाए । यो लभस्टोरी फिल्ममा यसअघि अनुपविक्रम शाही, कुन्साङ बमजन र उपासनासिंह ठकुरी अनुबन्धित भैसकेका छन् ।
फिल्मको वर्कसपको लागि अनिकेत केही दिनमा काठमाडौं आउने तयारीमा छन् ।
प्रतिक्रिया 4