News Summary
Generated by OK AI. Editorially reviewed.- अस्कर कलेजको साधना घर प्रेक्षालयमा साउन १५ गतेदेखि २४ गतेसम्म 'दोरुम्बा' नाटक मञ्चन हुने भएको छ।
- नाटक 'दोरुम्बा' माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षबीच पिसोलिएका जनताको कथा प्रस्तुत गर्ने सुमनकुमार वाग्लेले लेखेका हुन्।
- नाटकलाई १६औँ ब्याचका विद्यार्थी युदीप सिटौलाले निर्देशन गर्नेछन् र हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुनेछ।
काठमाडौं । दुई दशकदेखि फिल्म अध्यापन गराउँदै आएको अस्कर कलेजको ‘साधना घर’ प्रेक्षालयमा साउन १५ गतेदेखि ‘दोरुम्बा’ नामक नाटक मञ्चन हुने भएको छ ।
माओवादी द्वन्द्वकालमा राज्यपक्ष र विद्रोही पक्षको बिचमा पिसोलिएका जनताको कथा पेश गर्ने नाटकलाई सुमनकुमार वाग्लेले लेखेका हुन् ।
कलेजका विभिन्न ब्याचका विशेषतः अभिनय विशिष्टीकरणका विद्यार्थीको संलग्नता रहेको नाटकलाई १६औँ ब्याचका विद्यार्थी युदीप सिटौलाले निर्देशन गर्नेछन् ।
साउन १५ देखि २४ गतेसम्म हरेक दिन साँझ ५ः१५ बजे मञ्चन हुने नाटक शनिबारका दिन भने १ः१५ बजेको अतिरिक्त समयमा पनि मञ्चन हुने जनाइएको छ ।
साधना घरमा यसअघि आधा दर्जनभन्दा धेरै नाटक मञ्चन भइसकेका छन् भने भविष्यमा पनि निरन्तर मञ्चन हुने कलेज प्रशासनले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4