+
+
Shares

श्रीमतीको हत्या गरेर बसेका थिए पाँच वर्ष जेल, किशोरी हत्या आरोपमा फेरि पक्राउ

२ चैत २०७१ मा उनले आफ्नी श्रीमती सरीता देवी साहको हत्या गरेका थिए । त्यस अभियोगमा पाँच वर्ष जेल बसेर २०७७ सालमा छुटेका थिए ।

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०८२ साउन १५ गते १९:४५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनकपुरमा १५ वर्षीया अन्जली कुमारी यादवको हत्या र दुई महिलाको घाइते बनाउने रामबाबु साहलाई प्रहरीले धनुषाकै क्षिरेश्वरनाथ नगरपालिकाबाट पक्राउ गरेको छ।
  • रामबाबुले हत्या घटनामा प्रयोग गरेको खुकुरी र मोटरसाइकल प्रहरीले बरामद गरेको छ भने घाइते आशा यादवलाई धरान पठाइएको छ।
  • रामबाबु साहले पाँच वर्ष जेल बसेर छुटेपछि दोस्रो विवाह गरी आशा यादवसँग सम्बन्ध राख्दा विवाद हुँदा हत्या घटना भएको प्रहरीले जनाएको छ।

१५ साउन, जनकपुरधाम । जनकपुरमा खकुरी प्रहार गरी किशोरीको हत्या र अन्य दुई महिलालाई खुकरी प्रहार गरी घाइते बनाउने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-९ इच्छापुर बस्ने ४३ वर्षीया रामबाबु साह छन् ।

गत सोमबार राति साढे ११ बजेतिर जनकपुरधाम उपमहानगरपालिका-४ स्थित शुर्यनन्द चौधरीको घरमा डेरा गरी बस्ने बटेश्वर गाउँपालिका-५ शान्तिपुरका दिनेश यादवकी छोरी १५ वर्षीया अन्जली कुमारी यादवको हत्या भएको थियो ।

अन्धाधुन्ध खुकुरी प्रहारबाट दिनेशकी श्रीमती ३६ वर्षीया आशा देवी यादव र अञ्जलीकी भतिजी १४ वर्षीया राधा यादव गम्भीर घाइते भएकी थिइन् ।

खुकुरी प्रहार गरी हत्या र गम्भीर घाइते भइ फरार रहेका रामबाबुलाई बुधबार राति प्रहरीले धनुषाकै क्षिरेश्वरनाथ नगरपालिकाबाट पक्राउ गर्न सफल भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

रामबाबुले हत्या घटनामा प्रयोग गरेको खुकरी र मोटरसाइकल समेत प्रहरीले बरामद गरेर बिहीबार सार्वजनिक गरेको छ ।

गम्भीर घाइते आशालाई थप उपचारको लागि विपीकोइराला विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने राधा उपचार पछि डिस्चार्ज भइसकेकी छन् ।

यसअघि आफ्नै जेठी श्रीमतीको हत्या

प्रहरीका अनुसार हत्या अभियुक्त रामबाबु यसअघि आफ्नी जेठी श्रीमती हत्या गरेका थिए । उनी पाँचवर्ष जेल बसेर छुटेका थिए ।

२ चैत २०७१ मा उनले आफ्नी श्रीमती सरीता देवी साहको हत्या गरेका थिए । त्यस अभियोगमा पाँच वर्ष जेल बसेर २०७७ सालमा छुटेका थिए ।

छुटेको करिब २ महिनापछि दोस्रो विवाह गरी उनी आफ्नै गाउँमा बस्दै आएका थिए । त्यसै क्रममा क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्र बजारमा चिया बेच्ने आशासँग रामाबाबुको चिनजान भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

केही समयपछि आशा र रामबाबुको सम्बन्ध गहिरिँदै जाँदा जनकपुरमा लुकिछिपी बस्ने गरेको कुरा खुलेको थियो । आशाको श्रीमान दिनेशले थाहा पाएपछि रामबाबु साहको परिवारलाई जानकारी गराई दिएको थिए ।

गाउँमा बसी छलफल हुँदा आशा यादव रामबाबु साहसँग नै बस्ने र निजको दुई छोरा र एक छोरी श्रीमानले नै हेरचाह गर्ने भनि सहमति भएको थियो ।

डीएसपी सिंहका अनुसार केही रकम रामबाबु साहलाई आशाको श्रीमान दिनेशले जरिबाना तिराएको भन्ने समेत खुलेको छ । आशा र दिनेशबीच सम्बन्ध बिच्छेदको कानूनी प्रक्रिया समेत अघि बढेको प्रहरीले जनाएको छ ।

प्रहरीको अनुसन्धानमा करिब २ महिना अघि रामबाबुले आशालाई जिविकोपार्जन गर्न अटो रिक्सा खरिद गरिदिएका थिए ।

आशाले उक्त अटो रिक्सा आफनो भाइको नाममा पास गरेकी थिइन् । र रामबाबु साहलाई थाहै नदिइ डेरा सारेको र उक्त डेरामा आफना पहिलेका श्रीमानलाई समेत ल्याएको भन्ने अनुसन्धानबाट खुलेको डीएसपी सिंहले बताए ।

आशा आर्थिक रुपमा सबल भएपछि रामबाबु यादवको फोन नउठाउने, टाढा हुन खोज्ने, रामबाबु साहको जेठी श्रीमतीलाई म्यासेज गरी दिने घरमा झगडा लगाई दिने जस्तो कामहरू गरेको समेत अनुसन्धानमा देखिएको छ ।

घटना भएको दिन रााबाबुले आशा यादवलाई धेरै पटक फोन गरेका थिए, आशाले आफै फोन नउठाइ छोरी अञ्जलीलाई रिसिभ गर्न दिएको डीएसपी सिंहले बताए ।

‘अन्तमा आशाले  एकपटक कुरा गर्दा रामबाबु साहलाई गाली गलौज गरेको र त्यही रिसमा रामबाबु खुकुरीसहित उनको कोठामा गएर अन्धाधुन्ध खुकुरी प्रहार गर्दा घटना भएको अनुसन्धानबाट खुलेको छ’, डीएसपी सिंहले भने ।

लेखक
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?