News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा विद्यालयस्तरमा बालबालिकाको समग्र विकासका लागि 'फिफा फुटबल फर स्कूल्स' कार्यक्रम सुरु भएको छ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशालामा आयोजित समारोहमा 'फुटबल फर स्कूल्स' कार्यक्रम उद्घाटन गर्नुभयो।
- फिफा र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
१५ साउन, काठमाडौं । विद्यालयस्तरमा फुटबलमार्फत बालबालिकाको समग्र विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेपालमा ‘फिफा फुटबल फर स्कूल्स’ कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ।
बिहीबार दशरथ रंगशालामा आयोजित समारोहका बीच औपचारिक रूपमा ‘फुटबल फर स्कूल्स’ कार्यक्रमको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित पदाधिकारीको उपस्थितिमा प्रधानमन्त्री ओलीले बेलुन उडाएर कार्यक्रमको शुभारम्भ गरे । समारोहमा खेलकुदमन्त्री तेजुलाल चौधरी, अर्थमन्त्री विष्णु पौडेलको पनि सहभागिता थियो ।
विश्व फुटबल महासंघ (फिफा) र युनेस्कोको साझेदारीमा सञ्चालित यस कार्यक्रमले बालबालिकाको शिक्षा, विकास र सशक्तिकरणमा योगदान पुर्याउने लक्ष्य राखेको छ।
तस्वीरहरू










 
                    










 २०८२ साउन  १५ गते १५:४५
                        २०८२ साउन  १५ गते १५:४५                     
                         
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4