+

कभर्डहल पुनर्निर्माणपछि भलिबलकर्मी उत्साहित (तस्बिरहरू)

२०८२ साउन  १६ गते २१:२१ २०८२ साउन १६ गते २१:२१
कभर्डहल पुनर्निर्माणपछि भलिबलकर्मी उत्साहित (तस्बिरहरू)

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद हातामा रहेको कभर्डहलको पुनर्निर्माणपछि शुक्रबार पहिलो पटक भलिबल खेल खेलिएको छ।
  • राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाली भलिबलको विकासका लागि अन्तर्राष्ट्रिय स्तरको मैत्रीपूर्ण भलिबल म्याच आयोजना गर्ने प्रस्ताव राख्नुभयो।
  • उहाँले खेलकुदको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै थप अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता जनाउनुभयो।

१६ साउन, काठमाडौं । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद हातामा रहेको कभर्डहलको पुनर्निर्माणपछि शुक्रबार पहिलो पटक भलिबल खेल खेलिएको छ ।

नेपाली भलिबल खेलाडी, नेपाल भलिबल संघका पदाधिकारी देखि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव ट्कलाल घिसिङ लगायत राखेप कर्मचारीहरूको त्यहाँ उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय स्तरको बनेपछि पहिलो पटक कभर्डहलमा खेल हुँदा उपस्थित खेलाडी, प्रशिक्षक, पदाधिकारी, दर्शक लगायत सबै उत्साहित थिए ।

पुरुष र महिला दुवैतर्फ नेपाल रातो र नेपाल निलो टिम बनाएर मैत्रीपूर्ण खेल खेलाइएको हो ।

कार्यक्रममा बोल्दै राखेपका सदस्य सचिव टंकलाल घिसिङले नेपाली भलिबलको विकास र खेलाडीको क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय स्तरको मैत्रीपूर्ण भलिबल म्याच आयोजना गर्ने प्रस्ताव राखे ।

उनले नेपालमा खेलकुदको विकासका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै आगामी दिनमा थप अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने प्रतिबद्धता जनाए ।

तस्वीरहरू

राखेप कभर्डहल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय