+

डुरान्ड कप फुटबल : लदाकसँग आर्मीको बराबरी

२०८२ साउन  १७ गते १९:१५ २०८२ साउन १७ गते १९:१५
डुरान्ड कप फुटबल : लदाकसँग आर्मीको बराबरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभुवन आर्मी फुटबल क्लबले भारतमा जारी डुरान्ड कप फुटबलको दोस्रो खेलमा लदाकसँग १-१ को बराबरी खेलेको छ।
  • खेलको २३औं मिनेटमा लदाकका सिजु एसले गोल गरेका थिए भने ४०औं मिनेटमा आर्मीका नविन लामाले गोल फर्काए।
  • पहिलो खेलमा आर्मीले जम्सेदपुर एफसीसँग ३-२ गोलअन्तरको हार बेहोरेको थियो।

१७ साउन, काठमाडौं । भारतमा जारी डुरान्ड कप फुटबलको दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले लदाकसँग १-१ को बराबरी खेलेको छ ।

खेलमा १-० ले पछि परेकव अवस्थाबाट आर्मीले गोल फर्काउँदै हार टारेको हो । खेलको २३औं मिनेटमा लदाकका सिजु एसले गोल गरेका थिए ।

४०औं मिनेटमा आर्मीका नविन लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि थप गोल नहुँदा खेल १-१ को बराबरीमा सकिएको हो।

यसअघि आर्मीले पहिलो खेलमा जम्सेदपुर एफसीसँग ३-२ गोलअन्तरको हार बेहोरेको थियो ।

डुरान्ड कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय