+
+
Shares

भीम रावलको प्रश्न- विद्युत् विधेयकका कारण विदेशी सेना आउँछ कि नाइँ ?

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १७ गते १९:३९

१७ साउन, काठमाडौं । पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले विदेशी सेना नेपाल आउने बाटो सरकारले खोलिरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । नेपाली नदीनालाबाट विद्युत् उत्पादन गर्न विदेशीलाई दिने कानून बनाएको र सरकारले त्यसको सुरक्षा आफैं गर्नु भन्ने कानुन पारित गरेको भन्दै त्यसले विदेशी सेनालाई नेपाल भित्रिने बाटो खुलाएको आरोप लगाए ।

‘एउटा कानून आएको सुनेँ । अहिले विदेशीहरूले नेपाली नदीनालाबाट विद्युत् जुन बनाउने भनेको छ नि, त्यसको सुरक्षा जसले बनाउने हो उसैले गर भनिदियो,’ उनले भने, ‘अब हेर त, विदेशी सेना आउने भयो की नाँइ ? अब विदेशी सेना आएपछि हामीलाई खिर खान दिन्छ ।’

उनले विदेशी सेना आएपछि नेपालीलाई अब राम्रोसँग खान र बस्न नदिने बताए ।

नागरिकता विधेयकमा अब नागरिकता लिन बाबुको नाम र ठेगाना नचाहिने व्यवस्था राखिएको भन्दै उनले आपत्ति जनाए ।

वंशजको नागरिकता भन्ने तर पिताको नाम र ठेगाना नै नचाहिने भएपछि कसरी वंशजको नागरिकता भयो ? भन्दै उनले प्रश्न गरे ।

‘अबदेखि नागरिकता लिने मान्छेले मेरो बाबुको नाम पनि भन्दिनँ, मेरो बाबु कहाँबाट जन्मेको त्यो पनि खालि राख्ने रे । यो देशलाई कहाँ लैजान लाग्या हो ?,’ रावलको प्रश्न छ, ‘दिनेबेला वंशजको नागरिकता भन्ने बाबुको नाम र ठेगाना मेटिदिएपछि वंशज रह्यो त ? यस्तो राजनीति गरेपछि खिर खाने दिन धेरै रहँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?