+
+
Shares

बालेन पुगे जनकपुर फिस हाउस, भन्छन्- तावा फिस खाँदा जनकपुरको याद आयो

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १७ गते १६:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिथिला थाली परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन्।
  • मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा मेयर शाहले माछाका परिकारको स्वाद लिएका हुन्।
  • साहले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट र गैरीधारामा जनकपुर फिस हाउस सञ्चालन गरिरहेका छन्।

१७ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको नक्साल गैरीधारास्थित मिथिला थालीमा परिसरमा रहेको जनकपुर फिस हाउसमा पुगेर जनकपुरे माछाको स्वाद लिएका छन् ।

मास्टरसेफ सन्तोष साह र उनका दाजु दिलिप साहले सञ्चालन गरिरहेको जनकपुर फिस हाउसमा पुगेर शनिबार साँझ मेयर शाहले माछाका परिकारको स्वाद लिएका हुन् ।

‘यहाँ तयार पारिएको माछाका परिकारमा तराईमा माछा खाएको स्वाद आयो, काठमाडौँमा जनकपुरे माछाको परिकार खान पाउँदा खुसी लाग्यो’, मेयर शाहले भने ।

मेयर शाह पत्नी सबिना काफ्लेसहित मिथिला थाली पुगेका थिए । मास्टर सेफ साह काठमाडौँ महानगरका फूड सेफ्टीका कन्सलट्यान्ट पनि हुन् ।

साहले काठमाडौँको गैरीधारा, झम्सिखेल र गौशालामा मिथिला थाली रेष्टुरेन्ट सञ्चालनमा गरिरहेका छन् भने गैरीधारामा जनकपुर फिस हाउस पनि सञ्चालन गरिरहेका छन् ।

साथै जनकपुरमा आवासको सुविधासहित मिथिला थाली सञ्चालन गरिरहेका छन् । पछिल्लो समय जनकपुरे माछाका विभिन्न परिकारका लागि मानिसहरु गैरीधारास्थित जनकपुर फिस हाउसमा पुग्ने गरेका छन् ।

जनकपुर माछाका परिकारका लागि चर्चित गन्तव्य हो । जनकपुरमा पाइने माछाका परिकार काठमाडौंबासीलाई चखाउने उद्देश्यले केही समय अघि साहले जनकपुर फिस हाउस सञ्चालनमा ल्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?