News Summary
Generated by OK AI. Editorially reviewed.- मोरङबाट उदाएकी यू-२० महिला राष्ट्रिय टोलीकी फरवार्ड पूर्णिमा राई संकटा क्लबबाट एन्फा महिला लिग छनोट खेल्ने भएकी छन्।
- संकटा क्लबका महासचिव रमेशधोज बस्नेत, कोषाध्यक्ष रवि बज्राचार्य र सचिव अशिष मान सिंहको समन्वयमा पूर्णिमाको सम्झौता सम्पन्न भएको हो।
- पूर्णिमाले गत जुलाईमा बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेकी थिइन् र अहिले भुटानमा एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न छिन्।
१८ साउन, काठमाडौं । मोरङबाट उदाएकी यू-२० महिला राष्ट्रिय टोलीकी फरवार्ड पूर्णिमा राईले संकटा क्लबबाट एन्फा महिला लिग छनोट खेल्ने भएकी छन्।
उनको आगमनले क्लबमा नयाँ ऊर्जा थपिएको क्लबले जनाएको छ।
यो सम्झौता क्लबका महासचिव रमेशधोज बस्नेत, कोषाध्यक्ष रवि बज्राचार्य र सचिव अशिष मान सिंहको समन्वयमा सम्पन्न भएको हो।
पूर्णिमाले यसअघि कोशी प्रदेशबाट एन्फा महिला लिग खेलेकी थिइन्।
साथै, गत जुलाईमा बंगलादेशमा सम्पन्न साफ यू-२० महिला च्याम्पियनसिपमा उनले उत्कृष्ट प्रदर्शन गर्दै सर्वाधिक गोलकर्ता बनेकी थिइन्।
उनी सम्मिलित नेपाली टोली हाल एएफसी यू-२० महिला एसियन कप छनोट खेल्न भुटानमा छ ।
प्रतिक्रिया 4