
प्रतीकात्मक तस्वीर
News Summary
Generated by OK AI. Editorially reviewed.- अमेरिका पठाउने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा बाग्लुङकी ४८ वर्षीया मीना कुँवरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सातदोबाटोबाट पक्राउ गरेको छ।
- पक्राउ परेकी कुँवरलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
१९ साउन, काठमाडौं । अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।
पक्राउ पर्नेमा बाग्लुङको ढोरपाटन नगरपालिका–५ घर भएकी ४८ वर्षीया मीना कुँवर छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई सातदोबाटोबाट पक्राउ गरेको हो ।
उनले अमेरिका पठाउने भन्दै एक व्यक्तिबाट ९ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेका उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4