News Summary
Generated by OK AI. Editorially reviewed.- एमएफएन १७ मा बान्टमवेट च्याम्पियनसिप टाइटल जितेर रवीन्द्र ढाट पहिलो नेपाली एमएफएन च्याम्पियन बनेका छन्।
- रवीन्द्रले भारतीय फाइटर चुनरेङ कोरेनलाई निर्णायक कम्बिनेसन प्रहारपछि टीकेओ द्वारा पराजित गरे।
- रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ र उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो।
१९ साउन, काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाट स्वदेश फर्किएका छन् ।
भारतीय फाइटर चुनरेङ कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप टाइटल जितेका रवीन्द्र सोमबार स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो ।
ऐतिहासिक जित निकालेका उनी एमएफएनको च्याम्पियन बन्ने पहिलो नेपाली फाइटर बनेका हुन्।
शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित ‘दि इन्डियन राइनो’ उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरेपनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए।
तेस्रो राउण्डमा रवीन्द्रले तीव्र गतिमा प्रहार गर्न थालेपछि कोरेनलाई गम्भीर संकटमा पार्यो। अन्ततः निर्णायक कम्बिनेसन प्रहारपछि रेफ्रीले फाइट रोके र रवीन्द्रलाई टीकेओ द्वारा विजेता घोषित गरे।
यो जितसँगै रवीन्द्रको प्रोफेशनल रेकर्ड ८–१ पुगेको छ।
प्रतिक्रिया 4