News Summary
Generated by OK AI. Editorially reviewed.- पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धन र उसु खेलाडी विजयी सिँजालीलाई वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिएको छ।
- हाम्रो खेलकुदले आफ्नो दशौं वार्षिकोत्सवमा अवार्ड समारोहसँगै ‘हाम्रो खेलकुद कन्क्लेभ’ पनि आयोजना गरेको थियो।
- कन्क्लेभमा ‘नेपाली खेलकुदमा महिला सहभागिता’ र ‘युवा नेतृत्वको आवश्यकता’ विषयमा दुई सेसन सञ्चालन गरिएको थियो।
१९ साउन, काठमाडौं । पारातेक्वान्दो खेलाडी पलेशा गोवर्धन र उसु खेलाडी विजय सिँजालीलाई ‘हाम्रो खेलकुद’ वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिएको छ ।
आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष अवार्ड समारोहमा हाम्रो खेलकुदले अघिल्ला वर्षजस्तै खेलाडी सम्मान गरेको हो ।
स्थापनाको १० वर्ष स्थापना पूरा गरेको अवसरमा ‘हाम्रो खेलकुद’ले अवार्ड समारोहसँगै ‘हाम्रो खेलकुद कन्क्लेभ’ पनि आयोजना गरेको थियो।
कन्क्लेभको पहिलो सेसन ‘नेपाली खेलकुदमा महिला सहभागिता : लगानी, अवसर र सफलता’ भन्ने विषयमा केन्द्रित थियो।
दोस्रो सेसन ‘नेपाली खेलकुदमा यवुा नेतृत्वको आवश्यकता, सम्भाव्यता र चुनौती’ शीर्षकमा केन्द्रित थियो ।
कार्यक्रममा विभिन्न मिडियाकर्मी, खेलाडी तथा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।
प्रतिक्रिया 4