+
+
Shares

रास्वपा समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन कुसुमले दिइन् निवेदन

स्रोतका अनुसार उनी रुपन्देही-३ मा आगामी कात्तिक १७ हुने उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षी देखिएकी छिन् । उम्मेदवार बन्न उनले समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन निवेदन दिएकी हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २० गते ८:५५

२० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सांसद उम्मेदवारको सूचीमा रहेकी कुसुम महर्जनले आफ्नो नाम हटाइदिन निवेदन दिएकी छन् ।

महर्जनले दिएको निवेदनमाथि आज रास्वपाले छलफल गर्दैछ । आज दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्ने सचिवालय बैठकमा उनको निवेदनमाथि निर्णय हुनेछ ।

महर्जन यसअघि ०७९ को निर्वाचनमा रास्वपाको  समानुपातिक सूचीको आदिवासी जनजाति कलस्टरमा छिन् ।

रुपन्देही स्थायी घर भएकी कुसुम हाल काठमाडौंमै बस्दै आएकी छन् । स्रोतका अनुसार उनी रुपन्देही-३ मा आगामी कात्तिक १७ हुने उपनिर्वाचनमा उम्मेदवार बन्न आकांक्षी देखिएकी छिन् ।

अहिले पार्टीले उम्मेदवारको छनोट प्रक्रिया सुरु गरेकाले कुसुमले उम्मेदवारी दिनका लागि समानुपातिक उम्मेदवारको सूचीबाट नाम हटाउन निवेदन दिएको स्रोत बताउँछ ।

अहिले रास्वपा रुपन्देहीकै उपनिर्वाचनको तयारीमा केन्द्रित भएको छ । केही दिनअघि भैरहवामै पुगेर संसदीय दलको बैठक गरेको रास्वपाले आज सचिवालय बैठकमा थप तयारीबारे छलफल गर्दैछ ।

प्रवक्ता मनीष झाका अनुसार आजको बैठकमा उपनिर्वाचनमा सहभागी हुनका लागि दल दर्तालगायतका विषयमा निर्णय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?