+

डुरान्ड कप : अन्जन सम्मिलिन रियल कश्मिर विजयी

२०८२ साउन  २० गते ९:०७ २०८२ साउन २० गते ९:०७
डुरान्ड कप : अन्जन सम्मिलिन रियल कश्मिर विजयी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अन्जन विष्ट सम्मिलित रियल कश्मीर एफसीले डुरान्ड कपमा पहिलो जित हात पारेको छ।
  • रियल कश्मीर दुई खेलमा ३ अंकसहित समूह एफको दोस्रो स्थानमा रहेको छ।
  • त्रिभुवन आर्मी एफसीले समूह सी अन्तिम खेल आज इन्डियन आर्मीसँग खेल्नेछ।

२० साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्ट सम्मिलित रियल कश्मीर एफसीले डुरान्ड कपमा पहिलो जित हात पारेको छ ।

समूह एफ अन्तर्गत सोमवार भएको खेलमा रियल कश्मीरले ट्राउ एफसीलाई २-१ ले पराजित गरेको हो । रियल कश्मीरको जितमा मरात तारेक र रोहेन सिंहले गोल गरे । ट्राउका अफ्रिदी बुइमायुमले गोल गरे।

मणिपालस्थित खुमन लम्पाक रंगशालामा भएको खेलमा तारेकले २५औं मिनेटमा गोल गर्दै रियल कश्मीरलाई अग्रता दिलाएका थिए । तर, त्यसको दुई मिनेटपछि नै ट्राउका अफ्रिदीले बराबरी गोल फर्काएपछि खेल रोमाञ्चक बनेको थियो । कश्मीरका लागि रोहेनले ६४औं मिनेटमा गोल गरे ।

पहिलो खेलमा रियल कश्मीर इन्डियन नेभीसँग २-१ ले पराजित भएको थियो । दुई खेलपछि ३ अंकका साथ रियल कश्मीर समूह एफको दोस्रो स्थानमा छ । लगातार खेलमा पराजित ट्राउ अंकविहिन हुँदै पुछारमा छ । इण्डियन नेभी ३ अंकसहित समूह एफको शीर्ष स्थानमा छ ।

रियल कश्मीर समूह चरणको अन्तिम खेल अगस्ट १० मा नेरोका एफसीसँग खेल्नेछ ।

नेपालबाट त्रिभुवन आर्मी एफसीले डुरान्ड कपमा प्रतिस्पर्धा गरिरहेको छ । समूह सी मा रहेको त्रिभुवन आर्मीले आफ्नो समूहको अन्तिम खेल आजै इन्डियन आर्मीसँग खेल्नेछ । यसअघि जम्सेदपुर एफसीसँग पराजित भएको आर्मीले वान लद्दाकसँग १-१ को बराबरी खेलेको थियो ।

डुरान्ड कपमा २४ टोलीको सहभागिता छ । सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । हरेक समूहको विजेता र उपविजेता मध्ये उत्कृष्ट २ टोलीसहित ८ टोली क्वाटरफाइनल प्रवेश गर्नेछ ।

अन्जन विष्ट डुरान्ड कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय