+
+
Shares

रास्वपामा पूर्वविशिष्टलाई पार्टी सदस्यता दिँदा कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्ताव

पार्टी सचिवालय बैठकमा पूर्वविशिष्टहरूलाई दलको सदस्यता प्रदान गर्न कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्तावमा छलफल भएको प्रवक्ता मनिष झाले जानकारी गराए ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २१ गते १५:०३
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्वविशिष्टलाई सदस्यता दिन कुलिङ अफ पिरियड राख्ने विषयमा सचिवालय बैठकमा छलफल गरेको छ।
  • पार्टी प्रवक्ता मनिष झाले पूर्वविशिष्टलाई सदस्यता नदिने प्रस्ताव छलफलमा आएको तर कुनै निष्कर्ष नआएको बताए।
  • उच्च तहमा अवकाश पाएका निजामती कर्मचारीलाई पनि सदस्यता दिने विषयमा छलफल भइरहेको र अवधि दुई वर्ष राख्ने प्रस्ताव रहेको उनले खुलाए।

२१ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्वविशिष्टहरूलाई दलमा प्रवेश गर्न कुलिङ अफ पिरियड राख्नुपर्न विषयमा छलफल गरेको छ ।

पार्टी सचिवालय बैठकमा पूर्वविशिष्टलाई दलको सदस्यता प्रदान गर्न कुलिङ अफ पिरियड राख्नुपर्ने प्रस्तावमा छलफल भएको प्रवक्ता मनिष झाले जानकारी गराए ।

‘पूर्वविशिष्ट, सम्मानित व्यक्तिहरू जस्तै- न्यायाधीश, पूर्वराष्ट्रपति, उपराष्ट्रपति पार्टीको सदस्यता नदिने भन्ने कुरा छलफलमा प्रस्तावका रूपमा आएको हो,’ झाले अनलाइनखबरसँग भने, ‘यसमा हामी कुनै निष्कर्षमा पुगिसकेका छैनौं ।’

झाका अनुसार उच्च तहमा पुगेर अवकाश पाएका निजामती कर्मचारीको सन्दर्भमा पनि छलफल भएको तर यस विषयमा कुनै निर्णय भएको छैन ।

पूर्वविशिष्टलाई पार्टीमा प्रवेश गराउने र सदस्यता प्रदान गर्ने विषय छलफलकै क्रममा रहेको उनले बताए । अवधि दुई वर्ष कायम हुनेगरी छलफल चलेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?