
२२ साउन, काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणको अनुसन्धान गरेका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु अधिकारीको बढुवा भएको छ ।
बुधबार राति प्रहरी प्रधान कार्यालयले इन्स्पेक्टर अधिकारीलाई प्रहरी नायव उपरीक्षक (डीएसपी)मा एकल बढुवाका लागि सिफारिस गरेको हो ।
उनी इलाका प्रहरी कार्यालय साराङघाट तनहुँमा कार्यरत थिए । हाई प्रोफाइल व्यक्ति जोडिएको भुटानी शरणार्थी प्रकरणको उनले अनुसन्धान गरेका थिए ।
यो प्रकरणमा अहिले पनि एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्रालयका तत्कालीन सचिवसहितका व्यक्तिहरु कारागारमै छन् । यो मुद्दा भने अदालतमा विचाराधीन अवस्थामा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4