
News Summary
Generated by OK AI. Editorially reviewed.- गायिका एलिना चौहानले सामाजिक संजालमा दुर्गा भगवतीको अवतारमा फोटो सार्वजनिक गरेकी छन्।
- उनले आफ्नो फोटोमा 'आँखामा करुणाभाव, हातमा शक्ति, त्यो नै मा दुर्गा हुन्' लेखेकी छन्।
- एलिना तीजका गीतमा व्यस्त भएकी छन् र उनको पोस्टमा फ्यान र कलाकारले टिप्पणी गरिरहेका छन्।
काठमाडौं । गायिका एलिना चौहान आफ्ना कन्टेन्टमार्फत सामाजिक संजालमा चर्चामा हुन्छिन् । उनी पछिल्लो समय नीजि जीवनले चर्चामा रहिन् । विगतलाई भुलेर अघि बढ्न खोजेजस्तो देखिन्छ ।
विहिबार सामाजिक संजालमा सार्वजनिक उनको नयाँ फोटो चर्चायोग्य छ । जहाँ उनलाई दुर्गा भगवतीको अवतारमा देख्न सकिन्छ । नजिकिँदो तीज पर्वलाई झल्काउने उनको उक्त फोटोले दशैं र तीज भाइब्स प्रदान गर्छ ।
जिब्रो बाहिर निकालेर त्रिशुल समातेकी एलिना दुर्गा अवतारमा देखिएकी छन् । उनको क्याप्सन पनि अर्थपूर्ण छ- उनको आँखामा करुणाभाव, हातमा शक्ति, त्यो नै मा दुर्गा हुन् ।’
उनले यो क्याप्सनमार्फत आफू समस्यासँग विचलित नभई अघि बढ्न खोजेको भावमा भन्ने खोजेको बुझिन्छ ।
उनले अर्को फोटो पनि पोस्ट गरेकी छन् । जहाँ लेखिएको छ, ‘ नारी कोमल छन्, तर कमजोर होइनन् । शक्तिको प्रतीक हुन् । सहनशीलताको उदाहरण हुन् र परिवर्तनको स्रोत हुन् ।’
एलिनाको यो पोस्टमा फ्यानसहित कलाकारले पनि टिप्पणी गरिरहेका छन् । कामको कुरा गर्दा, एलिना तीजका गीतमा अहिले ब्यस्त छिन् ।
प्रतिक्रिया 4