+
+
Shares

गाडी दुर्घटनामा वडाध्यक्षसहित ५ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २३ गते ११:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको भुम्लुमा बोलेरो दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन्।
  • वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएर ट्रमा सेन्टर काठमाडौंमा उपचार जारी छ।
  • दुर्घटना बोलेरोको ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोक्किएको थियो र चालक सकुशल छन्।

२३ साउन, काभ्रेपलाञ्चोक । काभ्रेको भुम्लुमा गएराति गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित ५ जना घाइते भएका छन् । घाइतेमध्ये चारजना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् ।

दुर्घटनामा परेका चौरीदेउराली गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष किशोरराज गिरीको देब्रे खुट्टा फ्याक्चर भएकाले उपचार जारी छ । उनको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिन घलेले जानकारी दिए ।

यस्तै बोलेरोमा सवार काभ्रे चौरीदेउराली गाउँपालिका ६ का पदम कुमार दुलाल, डिल्ली प्रसाद गौतम, हाटुज राज गिरी र तेज बहादुर पन्थ उपचारपछि डिस्चार्ज भएका छन् ।

गएराति १० बजेतिर भुम्लु गाउँपालिका ८ पौवास्थित उकालोमा चौरीदेउरालीबाट काठमाडौं आउँदै गरेको बा १५ च ८५६३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर माटोको ढिस्कोमा ठोक्किएको थियो ।

दुर्घटनाग्रस्त गाडीका चालक पाँचखाल नगरपालिका ५ का युनिस गौतम सकुशल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?