+
+
Shares

दिपा दाहालको कथासंग्रह ‘विजयिनी’ लोकार्पण

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २४ गते १८:०६

२४ साउन, काठमाडौं । कथासंग्रह ‘विजयिनी’ सार्वजनिक भएको छ । दिपा दाहालद्वारा लेखिएको  यो कथासंग्रह कवि तथा लेखक कुन्ता शर्मा, उपप्राध्यापक डा. अस्मिता बिष्ट र लेखक दिपा दाहालले संयुक्त रुपमा लोकार्पण गरेका हुन् ।

सांग्रिला बुक्सले प्रकाशन गरेको यो कथा संग्रह लेखक दाहालको पहिलो कृति हो ।

कार्यक्रममा बोल्दै कवि तथा लेखक कुन्ता शर्माले “विजयिनी” विचार र शिल्प दुबै कोणबाट उत्कृष्ट कथाहरुको सङ्गालो भएको बताइन् । दिपा दाहालका कथाहरूमा समाजको दुरुस्त चित्रण भएको बताउँदै दाहालले पहिलो कृतिमै गम्भीर लेखनको अभाष दिएको उनले बताइन् ।

शर्माले “विजयिनी” का कथाहरुमा विपीका कथाहरुमा जस्तै समाजको सूक्ष्म र रोचक चित्रण गरिएको पनि उल्लेख गरिन् । उपप्राध्यापक डा. अस्मिता बिष्टले दिपा दाहालका पात्रहरुले विभेद र हिंसाको यथास्थिति अस्विकार गर्ने विद्रोही भएको बताउँदै लेखकले पुरुष मनोविज्ञान र आदिवासी सँस्कृति समेत रोचक तरिकाले प्रस्तुत गरेको बताइन् ।

उनले यो पुस्तक बिशेषत: युवा पाठकले नेपाली समाजमा महिलाको अवस्था बुझ्न पढ्नै पर्ने कृति भएको उल्लेख गरे ।

आफ्नी हजुरआमाले सुनाएका कथाले आफूमा लेखकीय भाव जागृत भएको बताउँदै लेखक दिपा दाहालले आफूले कथा मार्फत् समाजको यथार्थतालाई विद्रोहको स्वर दिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?