
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले रुपन्देही–३ को उपनिर्वाचनका लागि ९ उम्मेदवारसँग छलफल गर्ने कार्यक्रम तय गरेको छ।
- आइतबार दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्म छलफल हुनेछ र सहमहामन्त्री बीपीनकुमार आचार्य सहभागी हुनेछन्।
- कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी सभापति देवराज पाठक पनि छलफलमा सहभागी हुने जानकारी प्रवक्ता मनिष झाले दिएका छन्।
२५ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ को निर्वाचनमा उम्मेदवार हुन इच्छुक भई आवदेन दिएका ९ जनासँग छलफल गर्ने भएको छ ।
१७ कात्तिकमा हुने उपनिर्वाचनका लागि शुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा,ज्ञानु पौडेल, जीतबहादुुर गुप्ता, कुशुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएका थिए ।
आवेदन ९ जनासँग आइतबार (आज) दिउँसो १ बजेदेखि साँझ ५ बजेस छलफल राखिएको प्रवक्ता मनिष झाले जानकारी गराए । छलफलमा सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इन्चार्ज बीपीनकुमार आचार्यले गर्ने कोषाध्यक्ष लिमा अधिकारी र लुम्बिनी सभापति देवराज पाठक सहभागी हुनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4